२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


नयाँ सरकार गठनबारे मधेसवादी दलहरु रणनीति बनाउँदै


0
Shares

काठमाडौं, साउन २ । वर्तमान सरकारविरुद्ध कांग्रेस–माअ‍ोवादीले अविश्वास प्रस्ताव दर्ता गरेपछिको विकसित राजनीतिक घटनाकारबारेमा छलफल गर्न मधेसी मोर्चा आवद्ध दलहरुले छलफल थालेका छन् ।

काठमाडौंमा शुरु भएको बैठकमा मधेसी मोर्चाको आन्दोलनको समीक्षा र नयाँ गठबन्धनलाई समर्थनका लागि आफ्ना शर्तहरु तयार गर्ने जनाइएको छ ।

संविधान निर्माणका क्रममा आफ्ना माग नपरेको भन्दै लामो समय आन्दोलनमा रहेको मोर्चा ओली सरकारविरुद्ध अविश्वासको प्रस्तावमा सघाउने पक्षमा भने देखिएको छ । प्रस्तावमा सघाए पनि नयाँ सरकारमा जाने÷नजाने भन्नेमा मोर्चाले निर्णय लिएको छैन । जारी बैठकले यसबारे पनि निर्णय गर्न सक्ने बताइएको छ ।