
पोखरा, साउन २ । कास्कीको पार्चेस्थित सोधा गाउँ मादी नदीको जोखिममा परेको छ ।
लगातारको बर्षाले उर्लिएको मादीले कटान गरेपछि उक्त गाउँ खतरामा परेको हो । नदी कटानबाट गएको पहिरोले स्थानीय कन्या कुमारी गुरुङको घर र सामुदायिक भवन बगाएको छ भने ८ वटा घर जोखिममा परेका छन् ।
स्थानीयहरु नजिकैको विद्यालयमा आश्रय लिएर बसेका छन । नदीले बाटो समेत बगाएपछि सर्वसाधारणलाई आवतजावत गर्न समस्या भएको छ ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले ८ परिवारलाई पाल र १ परिवारलाई खाद्य साम्रगी वितरण गरेको छ । मादी किनारका बस्तीहरु हरेक बर्ष बाढीको जोखिममा पर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्