
काठमाडौं, साउन २ । आइतबार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आयो । यसदिन नेप्से साढे २७ अंकले बढेर १७४५ विन्दुमा पुग्यो ।
यसदिन कारोबार भएकोमध्ये आधा समूह सकारात्मक रहे भने आधा समूहमा गिरावट आयो । एकैदिन बैंकिङ्ग समूहमा करिब ५० अंकको उच्च बृद्धि आएसँगै नेप्से दोहोरो अंकले बढेको हो ।
यस्तै टेलिकम सूचीकृत समूहमा पनि करिब २५ अंकको बृद्धि आयो भने उत्पादनमुलक समूहमा पनि ४० अंकको सुधार भयो ।
बीमा, जलविद्युत, विकास बैंक र होटल समूहमा भने गिरावट आयो । यसदिन १३६ कम्पनीको २२ लाख ७२ हजार बराबर कित्ता शेयर १ अर्ब ३६ करोड २८ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्