१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


राजधानीका २५ प्रतिशत भान्सामा हानिकारक तत्व मिश्रित पानी


0
Shares

काठमाडौं, साउन ३ । राजधानी उपत्यकाका झण्डै २५ प्रतिशत खानेपानी ट्यांकरले मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने दुषित पानी बाँडिरहेको पाइएको छ ।

उपभोक्ताले वैकल्पिक स्रोतका रुपमा उपभोग गर्दै आएको ट्यांकरको पानीमा हानिकारक तत्व एमोनिया र आइरनको मात्रा उच्च भेटिएको हो ।

उपत्यका खानेपानी व्यवस्थापन बोर्डले बैशाखमा उपत्यकाका चोक चोक पर्खेर पानी बोकेका ट्यांकर तथा विभिन्न प्रशोधन केन्द्रबाट नमुना संकलन गरी परीक्षण गरेको थियो । ट्यांकरले बोकेको पानी र स्रोत दुबैका नमुनामा एमोनिया र आइरनको मात्रा धेरै पाइएको बोर्डले जनाएको छ ।

‘हामीले नमुना परीक्षण गरेका छौं,’ बोर्डका अनुमति तथा अनुगमन शाखा इन्जिनियर बोधराज दाहालले भने, ‘झण्डै २५ प्रतिशत ट्यांकरले बोकेको पानीमा आवश्यकता भन्दा बढी एमोनिया छ ।’

उपत्यकाका ६ वटा नाकाबाट पानीका नमुना संकलन गरिएको थियो । रिङरोडबाट भित्री सहर छिर्ने बल्खु, कलंकी, बालाजु, महाराजगंज, चावहिल र सातदोबाटो नाकामा भेटिएका पानी ट्यांकरबाट नमुना संकलन गरिएको थियो । –नागरिक दैनिकबाट