Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


आठ कम्पनीलाई आयल निगमसरह इन्धन आयात गर्न अनुमति


0
Shares

काठमाडौं, साउन ३ । पूर्वाधार निर्माणसहित इन्धन आयात गरेर बिक्री वितरण गर्न सरकारले आवटा कम्पनीलाई अनुमति दिएको छ ।

नेपाल आयल निगमसरह इनधन आपूर्ति गरेर बिक्री गर्न यस्ता कम्पनीलाई अनुमति दिइएको हो । आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुल धितालका अनुसार गत असार २६ गते विराट पेट्रोलियम प्रालि, पेट्रोलिम्याक्स प्रालि, हिमालयन प्रालि, ट्रान्स हिमालयन कर्पोरेसन, नेसनल पेट्रोलियम प्रालि, सोनापुर मिनरल आयल र डीडी पेट्रोलियम प्रालिलाई आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न अनुमति प्रदान गरिएको हो ।

यसैगरी यसअघि वाणिज्य विभागमार्फत आएको मालिकालाई पनि भौतिक पूर्वाधार निर्माण गर्न अनुमति प्रदान गरिएको छ ।

विभागका निर्देशक निरज पौडेलका अनुसार अनुमति पाएका कम्पनीले आगामी दुई वर्षसम्ममा भौतिक पुर्वाधार निर्माण गरिसक्नुपर्ने छ ।

अनुमति पाउने कम्पनीले सरकारले तोकेका स्थानमा मात्र पेट्रोल पम्प खोल्नुपर्ने छ । पेट्रोलियम पदार्थको गुणस्तर र मूल्य निर्धारण पनि सरकारले गरिदिनेछ । सोही आधारमा अनुमति प्राप्त गरेका कम्पनीले इन्धन बिक्री गर्न पाउनेछन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट