
काठमाडौं , साउन ३ । एमाले नेता भरतमोहन अधिकारीले मुलुकका ठूला दल नेपाली कांग्रेस र एमाले बीच कलह उत्पन्न गराएर संविधान विफल बनाउने षड्यन्त्र भएको बताएका छन् । शान्ति प्रक्रिया देखि संविधान बनाउने काम सम्म एक ठाउँमा उभिएका कांग्रेस र एमाले आपसमा भिड्दा प्रतिगामी तत्वले फाइदा उठाउने उनले बताए ।
अधिकारीले संविधान कार्यान्वयन गरेर परिवर्तनलाई संस्थागत गर्न कांग्रेस एमालेसंगै सरकारमा वस्नु पर्ने बताएका छन् । उनले हिजो संविधान आउन नदिनेहरुसंग पुष्पकमल दाहाल टासिन गएको आरोप समेत लगाए । संविधान नचाहनेहरुसंग दाहालले गठबन्धन गरेर कस्तो परिवर्तन खोजेका हुन बुझन नसिकएको उनले बताए ।
अधिकारीले मुलुक गम्भीर अवस्थामा पुगेको बेला सत्तामा रहेको माओवादीले आश्चर्यजनक चलखेल गरेको बताए । सभामुख समेतलाई माओवादीले पार्टीको निर्देशनमा चलाएर संसदीय परम्परालाई कमजोर पारेको उनले दावी गरे । सभामुखले वार्षिक विधयक पास गराउनु तर्फ नलागेर पार्टीले चाहे जस्तो राजनीति गरेको उनले बताए ।
अधिकारीले गणतन्त्र र संघीयताकै कारण मुलुकको राजनीति अस्थिर बन्दै गए पनि अब पछाडि फर्कन नसकिने बताएका छन् । मुलुकको नयाँ संबिधान कार्यान्वयन नभएसंगै संघीयता र गणतन्त्र अफ्ठायारोमा पर्ने भएका कारण संबिधान असफल बनाउन चलखेल भएको उनले बताए ।
सोमबार ईमेज एफएमसंग कुरा गर्दै एमाले नेता अधिकारीले नेपाल अहिले शक्ति राष्ट्रको नजरमा परेका कारण पनि दलहरु एकभएर अगाडि नबढ्दा मुलुक गम्भीर संकटमा फस्न सक्ने चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस्