
उदयपुर, साउन ३ । वर्षासँगै त्रियुगा नदीमा आएको बाढीका कारण उदयपुरका आधा दर्जन गाविस र एक नगरपालिकाका बासिन्दा त्रसित भएका छन् ।
वर्षेनी त्रियुगा नदीमा आउने बाढीले सयौ बिगाहा जमिन कटान गर्ने गरेको छ । सप्तरी जिल्लाको सिंचाईका लागि त्रियुगा नदीमा निर्माण गरिएको चन्द्र नहरको हेडबाँधका कारण बालुवा बग्न नपाई थुप्रिदै जाँदा जमिनभन्दा नदी उच्च भएपछि समस्या सृजना भएको किसानको गुनासो छ ।
त्रियुगा नदीले वर्षेनी तपेश्वरी, सुन्दरपुर, बसाहा, हडिया, जोगिदह, गाविस र त्रियुगा नगरपालिकाका खेतियोग्य उर्वर जमिन कटान गर्ने गरेको हो ।
नदी नियन्त्रणका लागि अझसम्म कुनै किसिमको पहल नभएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्