१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


दुई मोटरसाइकल ठोक्किदा चारजना घाइते


0
Shares

गौर, साउन ३ । रौतहटको चन्द्रपुर–१४ डुमरिया पेट्रोल पम्प अगाडि सोमबार दुईवटा मोटरसाइकल आपसमा ठोकिदाँ ४ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार ना१९प ९०२५ र बा३८प ३४६७ नम्बरका मोटरसाइकल बिहान साढे ९ बजे आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा सर्लाही, राजघाट–७ का वीरेन्द्र महतो, रौतहट चन्द्रपुर–७ का हरि बहादुर माझी, विश्रामपुर–६ का लालबाबु साह र अजय साह घाइते भएका हुन् ।

घाइते सबैलाई उपचारको लागि चन्द्रपुर अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।