१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बाढीले उल्र्लीखोला बजारका ५९ घर जोखिममा


0
Shares

गुल्मी, साउन ३ । तीन दिनदेखिको निरन्तर बर्षाले बडिघाट खोला बढेपछि गुल्मीको जोहाङ गाविस–२ मा रहेको उल्र्लीखोला बजारका ५९ घर जोखिममा परेका छन् ।

बाढीले बजार नजिकैको सडक र विद्युत्का पोलसमेत बगाईदिएको छ । निरन्तर बढीरहेको बडिघाट खोलाले आइतबार रातिदेखि किनारको खेत कटान गर्दै बजार क्षेत्रतर्फ प्रवेश गरेको हो

खोलाले सयौं हेक्टर खेतीयोग्य जमिन समेत कटान गरेको छ । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय भैरहवाले बर्षेनी तटबन्धमा २० लाख रुपैयाँभन्दा बढी खर्च गर्ने गरे पनि प्रभावकारी नहुँदा बस्ती सँधै जोखिममा पर्ने गरेको स्थानीयको आरोप छ ।

तत्कालका लागि अर्को उपाय नभएकाले सुरक्षाकर्मी परिचालन गरेर सतर्क अवस्थामा राखिएको स्थानीय प्रशासनले जनाएको छ ।

बडीघाट खोलामा आएको बाढीले उर्लीखोला, जुनियाको परमानन्दनगर, मजुवालगायतका बजार समेत जोखिममा परेका छन् ।