१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


झुन्डिएको अवस्थामा बृद्धाको शव फेला


0
Shares

महोत्तरी, साउन ३ । महोत्तरी जिल्लाको अतिविकट खयरमारा गाविसमा सोमबार बिहान झुन्डिएको अवस्थामा एक बृद्धाको शव फेलापरेको छ ।

खयरमारा गाविस–८ बस्ने ७० वर्षीया लालमाया स्यांगतानको शव उनको आफ्नै घरको बार्दलीमा झुन्डिएको अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आइतबार राति ९ बजे परिवारका सबैले खाना खाएर सुतेकोमा बृद्धा स्यांगतानको शव सोमबार बिहान सलको पासोमा झुन्डिएको अवस्थामा फेलापरेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

बृद्धा स्यांगतानको के–कति कारणले मृत्यु भएको हो यसबारे प्रहरीले अनुसन्धान थालेको छ । रासस