
पाल्पा, साउन ३ । अविरल वर्षाका कारण रामपुर गेझा मगरेमा घर भत्किँदा एक दम्पती पुरिएका छन् ।
रामपुर नगरपालिका–१४ मगरे बस्ने ४८ वर्षीयका अमबहादुर गाहा र उनका श्रीमती ५० वर्षीया सुमित्रा गाहा घर भत्किँदा पुरिएका हुन् ।
सोमबार बिहान करिब २ बजेको समयमा खरले छाएको तीनतले घर एक्कासि भत्किएपछि पुरिएकी सुमित्राको अवस्था गम्भीर बनेको छ । उनलाई मिसन अस्पताल तानसेनमा उपचारका लागि लगिएको छ ।
श्रीमान् अमरबहादुरको अवस्था भने सामान्य रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
स्थानीयबासी तोया सारुकाअनुसार छोरा–बुहारी, ससुराली तथा माइत गएकाबेला घरमा रहेका आमाबाबु घर भत्किएर पुरिएका हुन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय रामपुर र हुँगी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले सोमबार बिहान उद्धार गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्