६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


पेट्रोलमा पानी मिसाएपछि… (फोटोफिचर)


0
Shares

कपिलदेव खनाल (इमेज)
नुवाकोट, साउन ३ । नुवाकोटको बट्टारबजारमा रहेको भैरवी आयल स्टोर्स्मा जिल्ला प्रशासन कार्यालयले आइतबार राति ‘सिल’ गरेको छ ।

उक्त पम्पले बिक्री गरेको पेट्रोलमा मिसावट पाइएपछि स्थानीय प्रशासन र प्रहरीले सिल गरेको हो ।

अनुसन्धान पूरा नभएसम्म पेट्रोल नबेच्नका लागिसमेत स्थानीय प्रशासनले पम्पलाई निर्देशन दिएको छ ।

तीनओटा कारले आइतबार साँझ सो पम्पबाट पेट्रोल भरेकोमा ती सवारी–साधन ‘सिज’ भएको उजुरी परेपछि प्रशासनले छानबिन गर्दा मिसावट फेलापरेको हो ।

पेट्रोलमा पानी र केही लेदोपदार्थ मिसाएको पाइएको जनाइएको छ ।