
भक्तपुर, साउन ३ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेकपा एमालेलाई संविधानको माया भएकाले अविश्वास प्रस्ताव पारित भएपछि आफूहरु प्रतिपक्षमा बस्ने बताएका छन् ।
सोमबार रफत सन्चार क्लबले भक्तपुरमा गरेको कार्यक्रममा उनले अविश्वासको प्रस्तावपछि एक मिनेट पनि सरकारमा नबस्ने उनको दाबी थियो ।
ज्ञवालीले ‘वर्तमान सरकारको स्पस्ट खाका देखेर अरु राजनीतिक दलहरु अत्तालिएको भन्दै एमालेको योजनाबाट डराएर नै सरकार परिवर्नतनको खेल भएको हो’–भने ।
प्रतिक्रिया दिनुहोस्