५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


मोदीखोलाको विद्युत् उत्पादन सुचारु


0
Shares

पर्वत, साउन ३ । पर्वतको देउपुरमा सन्चालित १४ दशमलव ८ मेगावाटको मोदीखोला जलविद्युत् आयोजनाबाट उत्पादन पुनः सुचारु भएको छ ।

बाढीका कारण पाँच दिनदेखि अवरुद्ध भएको आयोजनाबाट सोमबारदेखि पुनः उत्पादन सुरु गरिएको हो ।

बाढीले इन्टेकभन्दा माथिको भागमा क्षति पुर्‍याएको र सुरुङमा पुरै क्षमतामा पानी पठाउन नसकिएका कारण बिजुली उत्पादन आधामात्रै रहेको जनाइएको छ ।