
काठमाडौं, साउन ३ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न सामाजिक संरचनामै सुधार ल्याउन जरुरी भएको बताएका छन् ।
सोमबार राजधानीमा भएको कार्यक्रममा उनले महिला उद्यमशीलताको नाममा छुट्टै व्यवस्था गर्दा त्यसको फाइदा पुरुषले नै लिनसक्ने बताए ।
महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न आर्थिक तथा लैंगिक रुपान्तरणभन्दा सामाजिक रुपान्तरण आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा बीपीडब्लु नेपालका अध्यक्ष अम्बिका श्रेष्ठले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न राज्यले विशेष रणनीति बनाउनुपर्ने आवश्यक्ता औंल्याइन् ।
राज्यले हरेक तहमा समावेशी सिद्धान्तलाई अवलम्बन गर्दै सबै व्यवसाय र पेशामा लागेका महिलाहरुलाई समानताको प्रत्याभूति दिलाउनुपर्नेमा उद्यमी श्रेष्ठको जोड थियो ।
प्रतिक्रिया दिनुहोस्