१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नेप्से ४० अंकले उछालियो, बैंकिङ क्षेत्रमा लगानीकर्ता आकर्षित


0
Shares

काठमाडौं, साउन ३ । सोमबार पनि शेयर बजार परिसूचक नेप्सेमा उछाल आयो ।

यसदिन नेप्से ४० अंक बढिले बढेर १७ सय ८६ बिन्दूमा पुग्यो । आइबार पनि नेप्से २७ अंकले बढेको थियो ।

सोमबार वाणिज्य बैंक समूहमा ४० अंकको उच्चबृद्धि आएसँगै नेप्से दोहोरो अंकले बढेको हो । यस्तै, बीमा समूहले नयाँ रेकर्ड कायम गर्‍यो ।

एकैदिन बीमा समूहमा ६ सय १८ अंकले बढ्यो । उत्पादनमूलक समूह ४४ अंकले बढ्यो भने जलविद्युत् समूहमा पनि १४ अंकको बृद्धि आयो । टेलिकम सूचीकृत अन्य समूह भने ११ अंकले घट्यो ।

यसदिन १ सय ३७ कम्पनीको २८ लाख ७० हजार कित्ता शेयर १ अर्ब ९५ लाख रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।