
काठमाडौं, साउन ३ । सोमबार सुनको मूल्यमा केही कमी आयो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँले कमी आएर ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलाको ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ९ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्