१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025


कुलेश्वरको फलफुल पसलहरुको सटरमा ताला, व्यवसायीहरु आक्रोसित


0
Shares

 काठमाडौं । कृषी सामाग्री कम्पनी लिमिटेडले कुलेश्वर स्थित फलफुलका सटरहरुमा ताला लगाएसंगै व्यापारीहरुले आफुहरु अन्यायमा परेको भन्दै गुनासो गरेका छन् ।

कम्पनीले व्यवसायीहरुसंगको सम्झौता सकेर ठाउँ छाड्न बारम्बार सूचना जारी गर्दा पनि अटेर गरेको भन्दै विहीबार ताला लगाएको थियो ।

कृषी सामाग्री कम्पनीको आफ्नै जग्गामा भाडामा लगाएको स्थानमा लिमिटेडले पटक पटक व्यवसायीलाई उनिहरु सँग भएको सम्झौताको मिति सकिएकेले सो ठाँउ छोडेर जानको लागी सुचना टाँस्दै आएको थियो ।

व्यापारीहरुले अटेर गरेर ठाउँ नछाडेपछि विहिबार सो स्थानमा रहेका २९ वटा सटरहरुमा ताला लगाइएको थियो ।

कृषी सामग्री कम्पनीले गत माघ मा ठेकेदारसँको सम्झौताको मिति सकिएसंगै नयाँ टेन्डर आह्वान गरेको थियो ।

सो ठाँउका ठेकेदारलाई पत्र लेखिए पनि व्यवसायीहरु सँग भने कम्पनीको कुनै कारोबार नभएको र नियम अनुसार कम्पनीको जग्गा भाडामा लगाएको कृषी सामाग्री कम्पनी लिमिटेडका प्रबन्धक हरि प्रसाद गजुरेल बताए ।

तर व्यवसायीहरु भने आफुहरुलाई अन्याय भएको र कम्पनीले आफुहरु माथी अन्याय गरेको बताउदै आएका छन् ।

कम्पनी र वहालवाल व्यवसायीको विवादले नयाँ टेन्डर पक्रिया अनुसार सहभागी व्यवसायीहरुले अहिलेसम्म सटर उपभाग गर्न नपाएपछि कम्पनीले तालाबन्दी गर्नुपरेको जनाएको छ ।