
काठमाडौं, साउन ३ । नेपाल उद्योग वाणिज्य महासंघले साउन १ गतेदेखि लागू हुने बृद्धि गरिएको विद्युत् महसुल फिर्ता लिन आग्रह गरेको छ ।
विद्युत् महसुल निर्धारण आयोगले साउन १ देखि लागू हुने गरी विद्युत् महसुल बढाएको छ ।
महासंघले विज्ञप्ति जारी गर्दै विद्युत् महसुल बृद्धिबाट उद्योग–व्यवसाय क्षेत्र थप मारमा पर्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।
‘पर्याप्त बिजुली नदिने र चर्को मूल्यबृद्धि पनि गर्ने सरकारको निर्णय न्यायोचित नभएको’ महासंघले जनाएको छ ।
‘नेपाल विद्युत् प्राधिकरणको घाटा पूर्ति गर्न विद्युत् महसुल बढाउनु कुनैपनि हिसाबले उपयुक्त नभएको’ महासंघले उल्लेख गरेको छ ।
सार्वजनिक सुनुवाइ र निजी क्षेत्रको सहमतिबिना विद्युत् महसुल बृद्धि गरिएको भन्दै महासंघले गम्भीर असहमति रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्