
काठमाडौं, साउन ४ । राजधानीमा यो वर्ष पनि हैजा देखिएको छ । ललितपुरमा ६ र काठमाडौंमा ३ स्थानमा हैजा देखिएको हो ।
स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले ललितपुरको टौखेल (गोदावरी), टंगोल, सुनधारासहित लगनखेल क्षेत्रमा हैजा देखिएको बताए ।
मरासिनीका अनुसार काठमाडौंको वाफलमा पनि हैजा देखिएको छ ।
पछिल्ला दुई सातामा गरिएको परीक्षणमा हैजा देखिएको हो । डेढ दशक यता वर्षेनि काठमाडौं उपत्यकामा हैजा देखिने गरेको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष भने हैजा अलि चाँडै देखिएको पनि मरासिनीले बताए ।
अनियन्त्रित रुपमा चौलानीजस्तो पातलो दिसा हुने रोगलाई बोलचालको भाषामा झाडापखाला (डाइरिया) भनिन्छ भने रोगीको पखालामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक जीवाणु देखियो भने त्यसलाई हैजा भनिन्छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्