-कविराज घिमिरे, ईमेज
धनकुटा, साउन ४ । पूर्वाञ्चलका विभिन्न पहाडी जिल्लाबाट क्षेत्रिय सदरमुकाम धनकुटासम्म सोझो सडक सञ्जाल नहुंँदा सर्वसाधारणलाई समस्या भएको छ ।
सर्वसाधारणलाई धनकुटा आउन तराईको बाटो हुँदै घन्टौं लामो यात्रा तय गर्नुपर्ने बाध्यता छ । धनकुटालाई पूर्वका पहाडी जिल्ला जोड्ने गरी सडकको ट्याक खोल्ने काम भए पनि स्तरोन्नति नहुँदा सडक सञ्चालनमा आउन नसकेको हो
कोशी राजमार्ग निर्माणका कारण तराईका जिल्लासंग तीन दशक अघि र कोशी पहाडी जिल्लासंग एक दशक अघि नै सिधा सडक सञ्जालमार्फत जोडिएको पुर्वाञ्चलको क्षेत्रिय सदरमुकाम धनकुटा पुर्वाञ्चलका अन्य पहाडी जिल्लासंग भने हाल जोडिने क्रममा रहेको छ ।
मध्य पहाडी राजमार्ग, भेडेटार–राजारानी–रबिराके, मुलघाट–त्रिबेणी, तमोर काबेली करीडोर लगायतका सडक सञ्जालमार्फत धनकुटा पुर्वाञ्चलका अन्य पहाडी जिल्लासंग जोडिन लागेको हो । भर्खर मात्रै ट्रयाक खोल्ने काम पूरा भएका यी सडक स्तरोन्नती नगरिंदा सञ्चालनमा आउन सकेका छैनन् ।
यता, सडक डिभिजन कार्यालय धनकुटाले पनि जिल्ला भरि मात्रै पहुंच पुग्ने सडकलाई भन्दा पनि अन्य जिल्लासंग जोडिएका सडकलाई बिषेश प्राथमिकतामा राखेर काम गर्नु पर्ने जनाएको छ ।
पूर्वका सबै जिल्लासंग प्रत्यक्ष सडक संजालमार्फत धनकुटा जोडि सकेको सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख ईश्वरी प्रसाद रिजाल बताउँछन् ।
सडक स्तरोन्नती गरी सञ्चालनमा ल्याउन सके पूर्वाञ्चलको धनकुटासम्म पुग्न तराईका जिल्ला हुंदै घुमाउरो वाटो मार्फत घण्टौ लामो यात्रा तय गर्नु पर्ने बाध्यताको अन्त्य हुने धनकुटाका पूर्व जिबिस सभापति धर्मराज पौडेल बताउँछन् ।
हाल तराईको बाटो हुंदै धनकुटासम्म आउन ताप्लेजुङ्गवाट ३७८, पाँचथरवाट २८४, ईलामवाट २२५, सोलुखुम्वुवाट ३६१, ओखलढुङ्गाबाट ३१२ र खोटाङ्गवाट ३५३ किलोमिटरको यात्रा तय गर्नु पर्ने बाध्यता छ ।
तर मध्यपहाडी अन्यमार्ग राजमार्ग निर्माण पछि ताप्लेजुङ्गवाट २४९, पाँचथरवाट १६३, इलामवाट १५०, सोलुखुम्वुवाट ३४४, ओखलढुङ्गाबाट २९० र खोटाङ्गवाट १८५ किलोमिटरको यात्रा गरेपछि धनकुटासम्म पुग्न सकिन्छ ।
यी मार्गको बिकास पछि धनकुटालाई मात्र होइन पूर्वी तराईका ठुला बिराटनगर, ईटहरी, धरानलगायतका वजार संग पनि पहाडि जिल्ला नजिक हुने र ब्यापार प्रवद्र्धन समेत गर्न सजिलो हुने उद्योग बाणिञ्य संघ धनकुटाका महासचिव रोसन श्रेष्ठ बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्