१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


डा.केसीको माग अझै सम्बोधन भएन्, स्वास्थ्य अवस्था नाजुक ( भिडियो हेर्नुहोस)


0
Shares

काठमाडौं, साउन ४ । चिकित्सा शिक्षा र सेवा सुधार गर्न आठौं पटक आमरण अनशनमा बसिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी अनशन बसेको दश दिन हुँदासम्म पनि उनले उठाएका माग सम्बोधनमा कुनै पहलकदमी भएको छैन् ।

यसबीचमा डा. केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन कमजोर बन्दै गएको छ । उनलाई श्वास फेर्न समेत समस्या हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

रक्तचाप पनि निकै कम हुँदै गएकाले दिनहँु अक्सिजन दिएर राखिएको डा. केसीको उपचारमा संलग्न डा.दिव्यासिंह शाहले जानकारी दिइन् ।

चिकित्सा क्षेत्रमा देखिएको विकृति हटाउन चार बुँदे माग राखेर अनशन बसेका डा. केसीलाई भेट्न दिनहँ विभिन्न नेताहरु पुग्ने क्रम जारी रहेपनि समाधानका लागि कतैबाट ठोस पहल भएको छैन ।

डा. केसीलाई भेटन आज पनि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जवरा पुगेका थिए ।

यता डा. केसीका समर्थक विद्यार्थीहरुले आज बालुवाटार घेराउ गएका छन् । डा. केसीको मागको सम्बोधन गर भन्दै समर्थक विद्यार्थीहरुले टिचिङ अस्पतालबाट र्‍याली निकाले ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस