२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


ताइवानमा पर्यटक सवार बसमा आगलागी, २६ जनाको मृत्यु


0
Shares

काठमाडौं, साउन ४ । ताइवानको तायुअनमा सहरमा मंगलबार पर्यटक सवार बसमा आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ ।

चिनियाँ पर्यटकलाई लिएर गइरहेको बस राजमार्गको ‘साइड’को बारमा ठोक्किएपछि आगो सल्किएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

बसमा २४ जना पर्यटक, चालक र स्थानीय गाइड सवार थिए ।

बसमा आगो निकै छिटो सल्किएकाले सबैको मृत्यु भएको त्यहाँको राजमार्ग प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान सुरु गरिएको बताइएको छ । (एजेन्सी)