१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


‘महिला अधिकारलाई व्यावहारिकरुप दिन सबै पक्षले प्रयास गर्नुपर्छ’


0
Shares

काठमाडौं, साउन ४ । सभामुख ओनसरी घर्तीले संविधानबाट प्राप्त महिला अधिकारलाई व्यावहारिकरुप दिन सबै पक्षले प्रयास गर्नुपर्ने बताएकी छन् ।

मंगलबार राजधानीमा भएको कार्यक्रममा ‘महिलाका सुविधासम्बन्धी सूचना’ नामक पुस्तक सार्वजनिक गर्दै उनले राज्यका निकायले महिलालाई लक्षित गरी प्रदान गरिएका सुविधाहरु गाउँ–गाउँसम्म पुर्‍याउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले राज्यले महिलालाई उपलब्ध गराएको सुविधा महिला आफैंले सरकारसँग आफ्नो हिस्सा मानेर खोज्नुपर्ने र महिला आर्थिक सवलीकरणमा जोड दिनुपर्ने बताए ।

पुस्तकमा महिलाको सुविधासम्बन्धी २९ ओटा सूचना समावेश गरिएको छ ।