१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


व्यास जयन्ती मनाइयो


0
Shares

दमौली, साउन ४ । महर्षि वेदव्यासको जन्मस्थल तनहुँको दमौलीमा मंगलबार धुमधामकासाथ व्यास जयन्ती मनाइएको छ ।

व्यास क्षेत्र विकास कोषको आयोजना तथा जिल्ला विकास समिति, व्यास नगरपालिका, व्यास ज्योती साधक परिवार, व्यास परासर एकीकृत समन्वय समितिको आयोजनामा व्यास जयन्ती मनाइएको हो ।

१२औं व्यास अवतरण दिवसका अवसरमा दमौलीको व्यास गुफामा अवस्थित व्यासको शालिकमा पूजाअर्चना गरी बाजागाजासहित निस्केको र्‍यालीले दमौली बजारको परिक्रमा गरेपछि मुख्यचोकमा पुगेर प्रवचन कार्यक्रममा परिणत भएको थियो ।

प्रवचनमा महर्षि व्यास अध्येता काशिनाथ न्यौपाने, प्रमुख जिल्ला अधिकारी दीपक सुवेदी, स्थानीय विकास अधिकारी बद्रीप्रसाद तिवारी, नगरपालिका कार्यकारी अधिकृत डिल्लीराम सिग्देललगायतले व्यासको जन्मथलोलाई व्यापक प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिए ।

तनहुँको शिव पाञ्चायन मन्दिर परिसरमा महर्षि व्यासको १ सय ८ फिटको मूर्ति निर्माणको कार्य जारी रहेको छ ।

मूर्ति निर्माणका लागि २५ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।