
काठमाडौं, साउन ४ । गुरुपूर्णिमाको अवसरमा बौद्ध धर्मावलम्बीहरुले धर्मचक्र प्रवर्तन दिवस मनाएका छन् ।
बुद्धत्व प्राप्त गरिसकेपछि भगवान बुद्धले आजकै दिन पहिलोपटक पाँचजना ब्राह्मणलाई धर्म उपदेश दिएका थिए ।
सारनाथको मृगमदासन वनमा बुद्धले कोन्डय, भप, भदिय, महानाम र असजी ब्राह्मणहरुलाई चतर्आर्य सत्यसम्बन्धी उपदेश दिएका थिए ।
आजको दिन विभिन्न बौद्ध देशहरुमा बुद्धपूजा गरी धर्म उपदेश दिने परम्परा पनि रहेको छ ।
नेपालका विभिन्न बौद्ध विहारहरुमासमेत बौद्ध पाठसहित धर्मचक्र प्रवर्तन दिवस मनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्