६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


नेप्से १८ सय पुग्यो, कारोबार पनि दुई अर्ब नाघ्यो


0
Shares

काठमाडौं, साउन ४ । मंगलबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार आएर उचाइको नयाँ रेकर्ड कायम भयो ।

नेप्से १८ सय पुग्यो । कारोबार पनि दुई अर्ब नाघ्यो । उतार–चढावबीच नेप्से १४ अंक बराबरले उकालो लागेर १८ सयको नयाँ उचाइ कायम गर्न पुगेको हो ।

उत्पादनमूलक, वाणिज्य बैंक र होटल समूहमा उच्च सुधार आएसँगै नेप्से उल्लेख्यदरले बढेको हो । उत्पादनमूलक समूह ४० अंकले बढ्यो । वाणिज्य बैंक र होटल समूह दुबैमा ३५ अंकको सुधार आयो ।

विकास बैंक समूह पनि १५ अंकले बढ्यो । वित्त समूह ८ अंकले उक्लियो । बीमा, अन्य र जलविद्युत् समूहमा भने गिरावट आयो । बीमा समूहमा २ सय ४० अंकको उच्च गिरावट आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३९ कम्पनीको २९ लाख बढी कित्ता शेयर २ अर्ब १४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।