नेपाल–चीन गैह्रसरकारी सहयोग मन्चको बैठकः तीनओटा सहमतिपत्रमा हस्ताक्षर « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


नेपाल–चीन गैह्रसरकारी सहयोग मन्चको बैठकः तीनओटा सहमतिपत्रमा हस्ताक्षर


0
Shares

काठमाडौं, साउन ४ । नेपाल–चीनबीच विभिन्न क्षेत्रमा आपसी सहकार्य गर्ने उद्देश्यले विभिन्न सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

चीनको यू चोङ डिष्ट्रिकको झोङ क्योङ सहरमा मंगलबार सम्पन्न नेपाल–चीन गैह्रसरकारी सहयोग मन्चको १३औं बैठकका अवसरमा तीनओटा सहमतिपत्रमा हस्ताक्षर भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको हो ।

जसअन्तर्गत् रणनीतिक साझेदारी सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना चेम्बर अफ टुरिजम र ग्लोबल टुरिजम इकोनोमी रिसर्च सेन्टरबीच त्रिपक्षीय सम्झौता भएको महासंघले जनाएको छ ।

अखिल चीन उद्योग वाणिज्य महासंघको आयोजनामा भएको उक्त बैठकमा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा महासंघको प्रतिनिधिमन्डल अहिले चीनमा रहेको छ ।