१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


भोटेकोशीको बहाव अझै घटेन्, ९० वटा घर पूर्ण रुपमा कटान(भिडियो हेर्नुहोस)


0
Shares

सिन्धुपाल्चोक, साउन ५ । भोटेकोशी नदीमा आएको बाढीको बहाव अझै घटेको छैन । लगातारको बर्षासँगै नदीमा पानीको बहाव कम नहुँदा कटान जारी रहेको हो ।

बाढीले हालसम्म ९० वटा घर पूर्ण रुपमा कटान गरिसकेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले जानकारी दिए ।

बाढीले तातोपानी गाउँ विकास समितिको तातोपानी बजार र लिपिङ बजार क्षेत्रका ९० घर कटान गरेको हो ।

यस्तै बाढीले यि क्षेत्रमा रहेका बिजुलीको पोल, सञ्चारका टावरहरु बगाउँदा तातोपानी बजारमाथिका क्षेत्र सम्पर्कविहीन बन्न पुगेको छ ।

यसअघि बाढीले राजमार्गका विभिन्न स्थानमा सडक कटान गरिसकेकाले सडक सञ्जालबाट समेत यस क्षेत्रको सम्पर्क विच्छेद भइसकेको थियो ।

यता, बाह्रबिसे माथिका सात गाविसका स्थानीय भने नराम्ररी मारमा परेका छन् । सिन्धुपाल्चोकका तातोपानी, फुल्पिङ, कट्टी, लिस्ती, मार्मिङ, गाती र मानेश्वारा गाविसका बासिन्दा पूर्ण रुपमा प्रभावित बनेका हुन् ।

स्थानीय प्रशासनले बाढी कटानबाट बिस्थापित बनेका मध्ये एक सय जनालाई अन्यत्र स्थानान्तरण गरिसकेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस