
ताप्लेजुङ, साउन ५ । ताप्लेजुङको सावादिन गाविसमा झरेको पहिरोले तमोर नदी थुनिँदा बनेको ताल बाह्र दिन बितिसक्दा समेत पूर्ण रुपमा खुल्न सकेको छैन ।
निरन्तर भइरहेको वर्षाका कारण ताल पूर्ण रुपमा नखुल्दा स्थानीय त्रसित बनेका छन् । असार २५ गते राति झरेको पहिरोले तमोर नदी थुन्दा फुरुम्बु र सावादिन गाविसको बीचमा करीब ५ सय मिटर लम्बाई र २ सय मिटर चौडाईको ताल बनेको थियो ।
थुनिएको नदीले फुरुम्बुतर्फको भाग कटान गरी बगेपनि पहिलेको धारमा भने खुलेको छैन । लगातार वर्षा हुँदा तालमा पानीको मात्रा बढिरहेकाले कटान गरिरहेको भागतर्फ पहिरो जाने सम्भावना बढेको छ ।
ताल फुट्ने डर भएपछि नदी किनारको दोभान र हान्द्रुङ बजारसहित थुम्बा बेसीका स्थानीय रातभर सुत्न सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्