
फाइल फोटो
काठमाडौं, साउन ५ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेतृत्वबीच व्यवस्थापिका–संसदमा प्रस्तुत् अविश्वासको प्रस्तावका विषयमा अहिले छलफल सुरु भएको छ ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु सो बैठकमा वर्तमान सरकारविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित गर्ने साझा रणनीतिका विषयमा छलफल हुने बुझिएको छ ।
सो छलफलमा कांग्रेस सभापति एवं प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता विमलेन्द्र निधि तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता कृष्णबहादुर महराको सहभागिता रहेको छ ।
माओवादी केन्द्रले कांग्रेससँग मिलेर असार २९ गते अविश्वासको प्रस्ताव सदनमा दर्ता गरेको थियो । सो प्रस्तावमाथि विहीबार सदनमा छलफल सुरु हुँदैछ । रासस
प्रतिक्रिया दिनुहोस्