२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


अरु एजेन्डा नटुंग्याइ अविश्वासको प्रस्ताव अघि बढाउन दिँदैनौं : एमाले सचिव


0
Shares

काठमाडौं, साउन ५ । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदको नियमित अधिवेशनमा प्रस्तुत् भएका एजेन्डाहरु नटुंग्याइ अविश्वासको प्रस्तावलाई अघि बढाउन नदिने बताएका छन् ।

बुधबार रिपोर्टर्स् क्लबले राजधानीमा गरेको कार्यक्रममा उनले ‘नियमित अधिवेशनमा जबर्जस्ती ल्याइएको अविश्वासको प्रस्ताव अरु एजेन्डा नटुंग्याइ अगाडि बढाउन पाइँदैन’–भने ।

कार्यक्रममा कांग्रेस नेता डा. प्रकाशशरण महतले विनियोजन विधेयक पारित भैसकेकाले अब अन्य आर्थिक एजेन्डाहरुलाई प्राथमिकता दिनु नपर्ने धारणा राखे ।

उनले राष्ट्र ऋण र कर उठाउने सम्बन्धमा सरकारले पुरानै हिसाबले अघि बढिसकेकाले संसदमा अब अविश्वासको प्रस्तावलाई नै प्राथमिकताकासाथ अघि बढाउनुपर्ने बताए ।