
कन्चनपुर, साउन ५ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले कन्चनपुरमा सुकुम्बासीमाथि दमन भएको भन्दै विरोध प्रदर्शन गरेको छ ।
उनीहरुले सुकुम्बासीको बिचल्ली बनाएको भन्दै बुधबार महेन्द्रनगरमा विरोध प्रदर्शन गरेका हुन् ।
गत असार ३१ गते कन्चनपुरको कृष्णपुरमा रहेको सुकुम्बासी बस्तीमा आगो लगाउनेहरुमाथि तत्काल कारबाही गर्न चन्द माओवादीले माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्