
काठमाडौं, साउन ५ । नेकपा एमालेले बजेटमा आश्रित विधेयकहरु पारित नभएसम्म अविश्वास प्रस्तावलाई अघि बढाउन नदिने भएको छ ।
एमाले संसदीय दलको बुधबार राजधानीमा बसेको बैठकले पहिले आश्रित विधेयक पारित गरेपछिमात्रै अविश्वासको प्रस्तावमाथिको छलफललाई सुरु गर्न दिने निर्णय गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
साथै, एमालेले आफ्ना सांसदहरुलाई तयारीसाथ बैठकमा उपस्थित हुन पनि निर्देशन दिएको छ ।
बैठकले दलहरुबीच एकता कायम गर्न जरुरी रहेको निश्कर्षसमेत निकालेको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्