
फाइल फोटो
काठमाडौं, साउन ५ । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।
समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहेका सिंहले पार्टीको निर्णयानुसार प्रधानमन्त्रीलाई राजीनामा पठाएका हुन् ।
मन्त्री सिंहका स्वकीयसचिव नलिनीदेवी सिंहले पछिल्लो राजनीतिक घटनाक्रमका कारण सरकारमा बसिरहन नैतिकरुपमा उपयुक्त नभएकाले राजीनामा गरेको जानकारी दिइन् । रासस
प्रतिक्रिया दिनुहोस्