
काठमाडौं, साउन ५ । केही दिनदेखि निरन्तर उकालो लागेको शेयरबजार परिसूचक नेप्से बुधबार भने दोहोरो अंकले ओरालो लाग्यो ।
यसदिन नेप्से १३ अंकले ओरालो लागेर १७ सय ८६ बिन्दूमा आइपुग्यो । उत्पादनमूलक समूहबाहेक अरु सबै समूह ऋणात्मक रहेसँगै नेप्से ओरालो लागेको हो ।
बीमा समूह सबैभन्दा उच्च १२५ अंकले ओरालो लाग्यो भने होटल समूह ३५ अंकले झर्यो । त्यस्तै, अन्य समूहमा १५ अंक, जलविद्युत् समूहमा १२ अंक र वाणिज्य बैंक समूहमा ११ अंकको कमी आयोे ।
यसदिन उत्पादनमूलक समूह भने ५३ अंकले बढ्यो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४१ कम्पनीको ३४ लाख बढी कित्ता शेयर २ अर्ब १३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्