
काठमाडौं, साउन ५ । नेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँको ‘रिभर्स रिपो’ जारी गरेको छ ।
बैंकहरुमा अधिक तरलता भएसँगै प्रशोचनका लागि केन्द्रीय बैंकले रिभर्स रिपो जारी गरेको हो । बुधबार जारी रिभर्स रिपोको समयावधी ७ दिन रहेको छ ।
रिपोको ‘मच्युरिटी पिरिअड’ साउन १२ गते रहेको छ ।
क, ख र ग वर्गसम्मका बैंक तथा वित्तीय संस्थाले यसमा लगानी गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । रिपोको बोलकबोल अनलाइन हुनेछ ।
असार अन्तिममा सरकारी खर्च भुक्तानी बढेकाले बजारमा अधिक तरलता बढेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्