
फाइल फोटो
काठमाडौं, साउन ५ । सरकारले भूकम्पबाट अतिप्रभावित १२ जिल्लाहरुमा निजी आवास पुनःनिर्माणका लागि हालसम्म २ लाख ५५ हजार ३९ घरधुरीहरुसँग अनुदान सम्झौता सम्पन्न भएको जनाएको छ ।
स्थानीय विकास मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी हालसम्म उक्त संख्यामा अनुदान सम्झौता भएको जानकारी गराएको हो ।
यसमध्ये ३५ हजार २ सय ९२ घरधुरीले पहिलो किस्ता भुक्तानी लिइसकेको पनि मन्त्रालयले जनाएको छ ।
यस अवधिसम्म यी १२ जिल्लाबाट १ लाख बढी गुनासो दर्ता भएको पनि जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्