१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


संसदमा हुनसक्ने अवरोध नियन्त्रणका लागि मार्सल बढाइयो


0
Shares

काठमाडौं, साउन ६ । बजेटका आश्रित विधेयक अगाडि बढाउने कि प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव भन्ने विवाद बढेपछि संसदमा हुन सक्ने अवरोध नियन्त्रणका लागि मार्सल (मर्यादा पालक) को संख्या बढाइएको छ ।

सत्ताधारी दल एमालेले आश्रित विधेयक अगाडि बढाए संसद चल्न नदिने तयारी गरेको छ भने अविश्वास प्रस्ताव दर्ता गराएका माओवादी केन्द्र र नेपाली कांग्रेस लगायत अविश्वास प्रस्ताव अगाडि बढाउनुपर्ने अडानमा छन् ।

दलहरुबीचको विवादमा संसदभित्र अप्रिय घटना हुन नदिन प्रहरीले संसद सचिवालयसँगको समन्वयमा कसिलो सुरक्षा योजना बनाउँदै मार्सलको संख्या थपेको हो ।

स्रोतका अनुसार अहिले संसदमा प्रहरीको एसपीको कमाण्डमा ९१ जना मार्सल खटिदैं आएका छन् । बिहीबार सुरु हुने संसद अधिवेशनका लागि तयारी अवस्थामा थप ३० जना मार्सल खटाइएको प्रधान कार्यालय स्रोतले जानकारी दियो । –कान्तिपुर दैनिकबाट