
मोजाम्बिक, वैशाख १३ । अफ्रिकी मुलुक मोजाम्बिकमा भारी वर्षापछि आएको आँधीमा ३ जनाको मृत्यु भएको छ ।
मोजाम्बिकको कोमोरस आइल्याण्ड आँधीको चपेटामा पर्दा उनीहरुको मृत्यु भएको हो । प्रतिघण्टा २२० किलोमिटरको रफ्तारमा आएको केनेथ नामको यो आँधीका कारण ३० हजार मानिस प्रभावित भएका छन् ।
आँधीसँगै आएको पहिरोले शहरका अधिकांश क्षेत्रका घर पुरिएका छन् । सयौं सवारी साधनमा समेत क्षति पुगेको छ । आँधीले हवाई र यातायात सेवासमेत अवरुद्ध बनेको छ भने बिजुली आपूर्तिसमेत बन्द भएको छ ।
पानी पर्ने क्रम जारी रहेकाले थप क्षति हुन सक्ने भन्दै मौसमविद्हरुले सचेत गराएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्