Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


डेढ लाख घुससहित इन्जिनियर रंगेहात समातिए


0
Shares

दाङ, साउन ६ । जल उत्पन्न प्रकोप नियन्त्रण फिल्ड कार्यालय लमही, दाङका इन्जिनियर रामदुलारी शरण भगत रु एक लाख ५७ हजार घुससहित पक्राउ परेका छन् ।

विहीबार इन्जिनियर भगतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय कोहलपुरको एक टोलीले रंगेहात पक्राउ गरेको हो ।

गोवरडिहा गाविस–८ खहरे भालुखोलामा तटबन्धका लागि तारजाली योजनाबापतको रु १७ लाख ९३ हजार ६०० को बजेट करकट्टी गरेर रु एक लाख ५७ हजार घुस बुझ्दै गर्दा उनी अख्तियारको फन्दामा परेका हुन् ।

लमही नगरपालिका– ११ लमहीस्थित डेराबाट अख्तियारको टोलीले इन्जिनियर भगतलाई पक्राउ गरेको अख्तियारका क्षेत्रीय सूचना अधिकारी चूरामणि पराजुलीले जानकारी दिए ।

इन्जिनियर भगतलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र अनुसन्धान तत्काल सुरु गरिने पराजुलीले बताए । रासस