
सञ्जय कार्की
रौतहट, वैशाख १३ । रौतहटमा एउटै सडक स्तरोन्नतिका लागि दुई फरक निकायले समन्वय नगरी योजना छनोट गरेपछि विवादित बनेको छ ।
स्तरोन्नतिका लागि भन्दै सघन सहरी भवन निर्माण आयोजना पर्सा र गौर नगरपालिकाले छुट्टाछुट्टै बजेट विनियोजन गरेपछि रकम दुरुपयोग गर्न लागिएकोे भन्दै स्थानीय असन्तुष्ट बनेका हुन् ।
रौतहटको सदरमुकाम गौरस्थित हनुमान मन्दिरदेखि भन्सार कार्यालयसम्मको सडक स्तरोन्नतिका लागि सघन सहरी भवन निर्माण आयोजना पर्साले ठेक्का लगाइसकेकोे थियो ।
तर, चालु अवस्थाको सडक भत्काएर पुनः नयाँ सडक बनाउन गौर नगरपालिकाले सडक बोर्डको बजेटबाट उपभोक्ता समितिलाई जिम्मा दिएको छ ।
एउटै काममा दुईतिरबाट बजेट विनियोजन गरेपछि रकमको दुरुपयोग हुने भन्दै स्थानीयले विरोध जनाएका छन् ।
विस्तृत रिपोर्ट भिडियोमा हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्