Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


सुर्खेतमा केपीएल सुरु, घरेलु टोलीको विजयी सुरुआत


0
Shares

सुर्खेत, वैशाख १३ । दोस्रो संस्करणको वाइवाइ कर्णाली प्रिमियर लिग (केपीएल) क्रिकेट प्रतियोगिता आज दुई खेल हुँदै छन् ।

अहिले भइरहेको पहिलो खेलमा न्यू होराईजन बुटवल र महेन्द्रनगर किक्रेट एकेडेमी भिड्दै छन् । आजै दिउँसो हुने अर्को खेलमा विभागीय टोली आर्मी र लालिगुराँस क्रिकेट एकेडेमी खेल्ने छन् ।

यसअघि हिजो सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली कर्णाली–११ ले विजयी सुरुआत गरेको छ । कालिन्चोक किक्रेट मैदानमा भएको उद्घाटन खेलमा घरेलु टोली कर्णाली–११ ले झापाको लालिगुराँस क्रिकेट एकेडमीलाई ८ विकेटले पराजित गरेको हो ।

लिग–कम नक–आउटका आधारमा हुने प्रतियोगितामा २ समूहबाट उत्कृष्ट २ टिम सेमिफाइनल पुग्ने छन् । लिगको विजेताले पाँच लाख रुपैयाँ पाउने छ भने उपविजेताले दुई लाख पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार र उत्कृष्ट बलर तथा ब्याट्सम्यानले २०÷२० हजार रुपैयाँ पाउने छन् । यस्तै फाइनल खेलमा एकजना दर्शकलाई गोला प्रथाबाट रनर कम्पनीको एउटा मोटरसाइकल उपहार दिइने आयोजकले जनाएको छ । २१ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभागीय सहित ६ टोली सहभागी छन् ।