
भैरहवा, साउन ६ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले देशको वर्तमान अवस्था जटिल भएको भन्दै सन्चारमाध्यमहरुले सन्तुलित भूमिका खेल्नुपर्ने बताएका छन् ।
विहीबार भैरहवामा न्यूज ओके साप्ताहिक पत्रिकाको विमोचन गर्दै अध्यक्ष विष्टले मिडियाले राजनीतिक दललाई सकारात्मक दिशामा अघि बढ्न प्रेरित गर्नुपर्ने बताए ।
उनले राजनीतिक स्थायित्वमै सन्चारमाध्यमको विकास पनि सम्भव हुने बताए ।
प्रतिक्रिया दिनुहोस्