१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


विद्यार्थी सवार बसमाथिको आक्रमणप्रति भर्त्सना, कसले गर्‍यो आगजनी ?


0
Shares

काठमाडौं, साउन ६ । ललितपुर, झम्सिखेलस्थित आइडियल मोडेल स्कुलका विद्यार्थी सवार बसमा विहीबार बिहान पेट्रोल खन्याएर आगजनी र तोडफोड गरिएकोप्रति निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले भर्त्सना गरेको छ ।

प्याब्सनले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी विद्यालय र बालबालिका शान्तिक्षेत्र र विद्यालय सवारी–साधनलाई एम्बुलेन्सको मान्यता दिइ कार्यान्वयन भइरहेको वर्तमान समयमा आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न जबर्जस्ती विद्यालय बन्दको घोषणा गर्दै विद्यार्थी सवार बसमाथि गरिएको आगजनी र तोडफोडप्रति निन्दा गरेको हो ।

विहीबार बिहान माओवादी कम्युनिस्ट केन्द्र नेपालको भ्रातृ संगठनका कार्यकर्ता दाबी गर्ने केही व्यक्तिको समूहले बसमाथि आक्रमण गरेको प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले बताए ।

प्याब्सनले तोडफोडमा संलग्न व्यक्तिलाई तत्काल कानुनी कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन माग गरेको छ । रासस