६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


खानेपानी पहुँच र व्यवसायिक खेतीमा एनसेलको सहयोग


0
Shares

काठमाडौं, साउन ६ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले स्याङ्जा जिल्लाका तीन गाउँलाई प्रविधिमार्फत् स्वच्छ खानेपानीको पहुँच पुर्‍याउन व्यवसायिक खेतीका लागि सहयोग गरेको जनाएको छ ।

यो सहयोगले दैनिक घन्टौं लगाएर खानेपानी संकलन गर्नुपर्ने बाध्यताबाट स्थानीय बासिन्दा विशेषगरी महिला लाभान्वित भएको कम्पनीले जनाएको छ ।

एनसेलले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत् गरेको यो कार्यक्रमबाट स्याङ्जाका एलादी, दिप्का र ठुलादी गाउँका ७५ घर–परिवार लाभान्वित भएको एलसेलले जनाएको छ ।