१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


पहिरोपीडित भन्छन्– डा. केसीलाई बचाइदेऊ


0
Shares

काठमाडौं, साउन ७ । ताप्लेजुङमा गत वर्षको पहिरोमा परी घाइते तथा विस्थापित भएकाहरुले डा. गोविन्द केसीको जीवनरक्षाका लागि अपिल गरेका छन् ।

लिवाङ, खोक्लिङ, सान्थाक्रा, थिङलाबु र लिङतेपका पीडित परिवारका प्रतिनिधि र सदरमुकामको लिटलबुद्ध इंग्लिस बोर्डिङ स्कुलका विद्यार्थीले संयुक्त विज्ञप्तिमार्फत डा. केसीको जीवनरक्षाको माग गरेका हुन् ।

अनशनरत डा. केसीले गत वर्ष जेठ २७ गते रातिको पहिरोमा परी विस्थापित भएकाहरुको गाउँमै पुगेर उपचार गरेका थिए । त्यतिबेलासम्म जिल्लाका चिकित्सक घटनास्थल पुगेका थिएनन् । सोही बेलादेखि पहिरो पीडितले उनलाई ‘संकटका डाक्टर’ संज्ञा दिएका छन् । –कान्तिपुर दैनिकबाट