
वीरगन्ज, वैशाख १२ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले उद्योग संरक्षण र उत्पादन अभिवृद्धिको नीति लिएको बताएका छन् ।
बिहीबार वीरगन्जमा आयोजित बजेट तर्जुमासम्बन्धी कार्यक्रममा उनले स्वदेशमा उत्पादन हुने वस्तुको संरक्षणका लागि त्यस्तैखाले विदेशबाट आउने वस्तुमा अधिक भन्सार दर लगाइने बताए ।
उद्योग र व्यापारबीच स्वार्थ बाझिइरहने भन्दै उनले निजी क्षेत्रका जायज सुझावलाई बजेटमा समावेश गर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्