१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


ढुवानी भाडामा २५ देखि ३० प्रतिशत गिरावट


0
Shares

बारा, साउन ७ । बारामा ट्रकको ढुवानी भाडा घटेको छ । आवश्यकताभन्दा बढी ट्रक भएपछि ढुवानी भाडा घटेको हो ।

ढुवानी गर्ने बस्तुको उत्पादनमा कमी, ढुवानीमा अस्वस्थ प्रतिस्पर्धा एवं अनियन्त्रित रुपमा नेपाल भित्रिरहेका ढुवानीका सवारी साधनका कारण ढुवानी भाडा दर घटेको हो ।

राज्यले निर्धारण गरेको भाडा दरको झन्डै २५ देखि ३० प्रतिशतसम्म भाडामा गिरावट आएपछि व्यवसायीहरु चिन्तित बनेका छन् । सवारी साधन चलाउँदा लागत खर्चसम्म पनि नउठ्ने भएपछि धेरै व्यवसायीले आफ्ना सवारीलाई घरमै थन्क्याउन बाध्य भएको बताएका छन् ।

सरकारले बीरगन्जदेखि काठमाडौंको प्रति दश टन सामान बराबर २३ हजार भाडा निर्धारण गरे पनि हाल १६ हजारमा झरेको यातायात व्यवसायीको भनाइ छ । लगातार ओरालो लागेको भाडा दरका कारण देशभरका ५५ हजार मालवाहक सवारी साधनका धनी धरासायी हुने अवस्थामा पुगेको नेपाल ट्रक यातायात ब्यवसायी महासंघले जनाएको छ ।