२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


बीपीको विचारलाई कांग्रेसले नै बिर्सियो : सुजाता


0
Shares

काठमाडौं, साउन ७ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले बीपीको विचार नेपाली कांग्रेसले नै आत्मसात गर्न छाडेको र विचारको राजनीति पनि भुलेको आरोप लगाएकी छन् ।

बीपी कोइरालाको ३४ औं स्मृति दिवसको सन्दर्भमा नेपाल विद्यार्थी संघ पद्मकन्या क्याम्पसले आयोजना गरेको कार्यक्रममा उनले नेपाली राजनीतिमा बीपीको मेलमिलापको नीति अहिले पनि उत्तिकै आवश्यक रहेको जिकीर गरिन् ।

‘बीपीले सबैभन्दा पहिले राष्ट्रियतालाई महत्व दिनुभयो, त्यसपछि प्रजातन्त्र र समाजवादका कुरा आउँछन्,’ उनले भनिन्, ‘राष्ट्रियता सबैभन्दा ठूलो कुरा हो, राष्ट्रियता रहेन भने न प्रजातन्त्र रहन्छ, न समाजवाद रहन्छ ।’

यस अवसरमा पद्मकन्या क्याम्पसको हाताभित्र तीन सय बिरुवा पनि रोपियो ।